तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 

प्रदेश प्रमुखको कार्यकालमा आज बेलुका आयोजित सपथ ग्रहण समारोहमा मुख्यमन्त्री कार्कीलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

आज दिउसो संविधानको धारा १६८ को ५ अनुसार कार्की मुख्यमन्त्री पदमा नियुक्त हुनु भएको हो । नवनियुक्त मुख्यमन्त्री कार्कीसँगै दुईजना मन्त्रीले पनि शपथग्रहण गर्नु भएको छ ।

नेकपा एमालेबाट रामराना मगर तथा नेकपा माओवादीबाट गणेश उप्रेतीले मन्त्री पदका लागि पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 

दुवै जनले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनु भएको हो उहाँहरूको जिम्मेवारी पछि तोकिने छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button