तपाईँ सुन्दै हुनुहुन्छः

त्रिविमा भइरहेको बेथिति रोक्न पहल भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका बेथिति रोक्न सरकारले पहल गरिरहेको बताउनुभएको छ । 

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाकाबीच ठूलो खाडल रहेकाले त्यसलाई पुर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले विश्वविद्यालयमा राजनीतिक दलहरूले भातृ सङ्गठन परिचालन गर्दासम्म सुधार गर्न कठिन हुने बताउनुभयो । 

उपकुलपति बरालले आगामी वर्षदेखि विश्वविद्यालयको शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विदेश जाने युवा विद्यार्थीलाई रोक्ने गरी भित्रीमा सुधार गर्ने योजना रहेको बताउनुभयो । 

बैठकमा सांसदहरुले त्रिबिले समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन नगरेका कारण विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको, विभिन्न समयमा हुने परीक्षाका प्रश्न पत्र आउट गरेको लगायतका विषय प्रश्न उठाउनुभयो । 

सांसदहरुले बङ्गलादेशमा एमबिबिएस अध्ययन गर्न छात्रवृत्तिमा नाम निकालेका आठ जना विद्यार्थीको सट्टा राजनीतिक पहुँचका आधारमा अर्कै विद्यार्थी पढ्न पठाएको भन्दै ती आठ जना विद्यार्थीले एमबिबिएस पढ्न पाउने गरी सरकारले जिम्मेवार लिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button