तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय कबड्डी प्रतियोगिता आजबाट रारामा सुरु

मुगु । मुगुको प्रमुख पर्यटकीय गन्तव्य रारामा आजबाट कर्णाली प्रदेश स्तरीय कबड्डी प्रतियोगिता बुधवार बाट सुरु भएको छ । 

पर्यटकीय गन्तव्य रारामा सञ्चालन हुन लागेको प्रथम प्रदेश स्तरीय कबड्‌डी खेललागि १७ टिमले भाग लिएका छन् ।  वैशाख २६ देखि २८ गते जम्मा ३ दिन सम्म सञ्चालन हुने प्रतियोगिताका लागि ७ वटा महिला टिम र १० वटा पुरुष टिम दर्ता भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले  जानकारी गराउनु भयो ।

कर्णाली प्रदेशको १० वटै जिल्लाबाट पुरुष टिम दर्ता भएको र महिला टिम भने ७ जिल्ला बाट मात्र सहभागी भएको  अध्यक्ष मल्लले बताउनु भयो ।

एक टिमबाट १० जना गरी १ सय ७० जना कबड्डी खेलाडीहरू रारामा आइपुगेका छन् । उक्त खेलका निम्ति २२ जना रेफ्री छनौट गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा भाग लिनका लागि खेलाडी छनौट गर्न र रारामाको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन  रारामा प्रदेश स्तरीय कबड्डी खेलको आयोजना गरिएको  पनि अध्यक्ष मल्लले जानकारी दिए । 

कर्णाली प्रदेश स्तरीय कबड्डी खेल सुरु भएपछि  रारा तालमा  आन्तरिक पर्यटकहरूको निकै चहलपहल बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button