तपाईँ सुन्दै हुनुहुन्छः

ओझेलमा पाणिनी तपोभूमि

अर्घाखाँची । संस्कृत व्याकरणका रचयिता महर्षि पाणिनीको तपोस्थल पाणिनी तपोभूमि विकासको पखाईमा रहेको छ । विश्वको पुरानो र सर्वश्रेष्ठ भाषाको रुपमा रहेको संस्कृत व्याकरणको उत्पत्ति भएको मानिएको यस क्षेत्रमा येथेष्ठ विकास हुन सकेको छैन ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका १ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र पाणिनी तपोभूमिमा पाणिनी ऋषिले सिद्धि प्राप्ति गर्नु भएको थियो ।

 धार्मिक र प्राज्ञिक इतिहास बोकेको यस क्षेत्र जङ्गलको विचमा भएकाले पनि जडीबुटीको खानी रहेको अनुमान सहजै गर्न सकिन्छ । हावापानी र भौगोलिक हिसाबले पर्यटन विकासका लागी महत्त्वपूर्ण रहेको पाणिनी क्षेत्रको पर्याप्त विकास  हुन नसकेको स्थानीयको गुनासो रहेको छ । हावापानी सँगै पहाडको उच्च भागमा रहेकाले यस क्षेत्रबाट मनै लोभ्याउने हिमश्रृखला देखिनुका साथै तराईको समथर भूभाग सजिलै देख्न सकिन्छ । 

स्थानीय बुद्धिजीवी मणीराज गौतमका अनुसार ४ हजार वर्ष पहिले तक्षशिला हालको अफगानिस्तानमा जन्मिएका पाणिनी ऋषिले शिवजीको तपस्या गरेपछि १४ सूत्रको व्याकरण निमार्ण गर्नु भएको थियो । सोही व्याकरणका आधारमा विश्वमा भाषाहरूको निमार्ण भएको हो । त्यसैले यस भूमिको ऐतिहासिक ,प्राज्ञिक र पौराणिक सम्बन्ध रहेको छ । पाणिनी सहित धेरै ऋषिहरूले त्यस क्षेत्रमा तपस्या गर्नु भएको थियो । 

पहाडको टापुमा समथर भागमा करिब ७ हजार रोपनीमा फैलिएको सो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिन्छ ।

पाणिनी तपोभुमीको विकासका लागी गाउँपालिकाले गुरु योजना बनाएर विकास गर्ने लक्ष्य लिएको भएतापनी पर्याप्त हुन सकेको छैन । गुरुकुल शिक्षा सञ्चालन, योगशाला निर्माण, गौशाला निमार्ण, डकुमेन्टी फनपार्क, आश्रम निमार्ण गर्नुका साथै, जैविक विविधता संरक्षण गर्ने सोच रहेको पाणिनी गाउँपालिका प्रमुख टेकराज न्यौपानेले बताउनुभयो । 

निकै महत्वको क्षेत्र भएर पनि ओझेमा परेको पाणिनी तपोभूमि क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

धार्मिक, पर्यटकीय तथा प्राज्ञिक क्षेत्र पाणिनीको विकास वाट यस क्षेत्र सँगै मुलुककै आर्थिक गतिविधि बढ्नुका साथै पर्यटन व्यवसाय फस्टाउने स्थानीय नारायण पोख्रेलको भनाइ रहेको छ ।

भाषाको व्याकरणको अस्तित्व संस्कृत व्याकरण बाटै भएको र चार वेदपनी तिनै व्याकरणका आधारमा निमार्ण भएको मानिन्छ । भाषाको प्रादुर्भाव भएको स्थल भएकाले यो क्षेत्र विश्वको भाषाबिज्ञानको अध्ययनको स्थल भएकाले पनि यस क्षेत्रलाई महत्वका साथ हेरिनुपर्ने स्थानीयको भनाइरहेको छ ।

तपोभूिम स्थल पाल्पाको सदरमुकाम तानसेनबाट ३८ किमी , सन्धिखर्कवाट ३६ कि.मी. र रुपन्देहीको सालझण्डिवाट २४ कि मीको दुरीमा पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button