तपाईँ सुन्दै हुनुहुन्छः

अब एक घण्टामै श्रम स्वीकृति लिन सकिने

काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूले अब एक घण्टामै श्रम स्वीकृति लिन सक्ने भएका छन् । 

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारमा जानेहरूले अनलाइन प्रणालीबाट एक घण्टाभित्र श्रम स्वीकृति लिनसक्ने व्यवस्था सुरु गरिएको बताउनुभयो । 

वैदेशिक रोजगारीमा जानका लागि अङ्ग्रेजी भाषा अनिवार्य गरिएको प्रावधान खारेजी गरिएको जानकारी गराउँदै मन्त्री अर्यालले हालका लागि रुस र युक्रेनमा श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको पनि बैठकलाई जानकारी दिनुभयो । 

मन्त्री अर्यालले देशभित्रै रोजगारीको व्यवस्था गर्न सरकारले श्रम बैङ्कको व्यवस्थालाई कार्यान्वयन गर्न लागेको,वैदेशिक रोजगारमा जानेहरूलाई खानासहितको हवाई टिकटको व्यवस्था गर्न लागिएको र वैदेशिक रोजगारमा समस्या परेकालाई सम्बोधन गर्न श्रम इजलास तोक्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो । 

बैठकमा सांसदहरुले वैदेशिक रोजगारीमा जाने युवाहरू म्यानपावर व्यवासायीहरुबाट ठगिएको भन्दै त्यस्ता म्यानपावरलाई तत्काल कारबाही गर्न माग गर्नुभयो । 

सांसदहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उत्पादनमुखी नभएको भन्दै उक्त बालुवामा पानी खन्याएजस्तो भएको भन्दै तत्काल खारेज गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button