तपाईँ सुन्दै हुनुहुन्छः

सोमालियामा भारी वर्षा, लाखौँ मानिस प्रभावित

मोगादिशु। सोमालियाका २२ जिल्लामा आगामी भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् ।

भारी बर्षासँगै आएको बाढी र डुबानका कारण करिब सात लाख ७० हजार मानिस प्रभावित हुने अनुमान संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले आइतबार जनाएको छ ।

ओसीएचएले देशका अधिकांश क्षेत्रमा अप्रिल लागेदेखि केही क्षेत्रमा भारी वर्षा भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका अनुसार शाबेल र जुबा नदीको छेउछाउका प्राथमिकता प्राप्त स्थानहरूमा मानिसहरूलाई उद्धार गर्न र सहायता प्रदान गर्न र सम्पर्क विच्छेद हुन सक्ने क्षेत्रहरूमा सहायता प्रदान गर्न वा पानीमा डुबेका मानिसहरूलाई बाहिर निकाल्न लगभग ५१ वटा डुङ्गाहरू तयारी अवस्थामा राखिएको छ ।

वर्षाले देशभरका पशुपालक र कृषिपशुपालकहरूलाई राहत प्रदान गरेको छ ।

बर्षाका कारण सन् २०२३ को अन्त्य अक्टोबरदेखि डिसेम्बरसम्ममा १६ लाख मानिस विस्थापित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button