तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा बेचिएका ५ किशोरीको उद्धार

रुपन्देही । काम लगाइदिने प्रलोभन दिएर भारतको विहार पुर्‍याइएका पाँच जना किशोरीलाई उद्धार गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रहरीको जिम्मा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ती ५ किशोरीलाई आइतबार परिवारको जिम्मा लगाएको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुई जना, धनुषाका २ जना र पर्साकी एक जना गरी पाँचजना किशोरीलाई नेपाल प्रहरीको समन्वयमा भारतको दिल्लीस्थित केआइएन भारतले उद्धार गरी रुपन्देही प्रशासनलाई जिम्मा लगाएको हो ।

१५ देखि १७ वर्ष उमेरका ती किशोरीहरूलाई विभिन्न लोभ तथा प्रलोभनमा पारेर भारतको विहारमा लगेर गलत कार्यमा लगाएको अवस्थामा उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाइएको हो ।

उद्धार गरिएका किशोरीहरूलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वागत गर्दै आगामी दिनमा सचेत बन्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button