तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय बस्तीमा बिद्युतसेवा बिस्तार : स्थानीय हर्षित

मुगु । छायानाथ रारा नगरपालिका वडा नं १४  बाममा  बिद्युत्  बिस्तार  भए पछि  गाउँ नै  झिलिमिली  भएको छ । छायानाथ रारा नगरपालिका र वडा नं १४ वडा अध्यक्ष जुनबहादुर खड्काको पहलमा र  नेपाल बिद्युत् प्राधिकरणको  आर्थिक तथा प्राबिधक सहयोगमा  दुर्गम गाउँमा बिजुली पुगेको हो । हाल सम्म बिद्युत् प्रसारण लाइन नपुगेको  बाममा राष्ट्रिय प्रसारण लाइन बिस्तार भएपछि  गाउँ नै झिलिमिली हुँदा स्थानीय जनताहरू हर्षित भएका छन् ।  

गाउँमा गाडी त पुगे  बिजुली बलेको हेर्ने ठुलो  रहर थियो त्यही पनि  पूरा भयो   वाम  वडा नं १४  ठुला गाउँका वृद्ध रगसिंह बढुवालले भन्नू भयो  , उहाँले  थप्नु भयो  हाम्रो उमेर ढल्कदै गए पनि  नयाँ पुस्ताका सन्तानको लागि धेरै सुविधा छ, हामीले जेनतेन  दुख सुख गरी दिन बितायौँ  तैपनि बुढेसकालमा  बिजुली बत्तीको धोको पनि पूरा  भयो  उमेरले करिब ८१ बर्ष पुगेका  वृद्ध रङ्गबहादुर  गाउँमा बिजुली पुगेकोमा  आफु निकै खुशी भएको  सुनाउँछन् । 

गाउँमा बिजुली बलेकोमा बाम ठुला गाउँ नाफा बजारकी  सुशीला बुढामा  पनि खुशी छाएको छ । उहाँका अनुसार ” यस अघि  बिजुली नहुँदा हामी महिला कन सारै दुख थियो  कामको  बोझ  पनि गाउँ घरमा काम धेरै हुनाले रातिको समयमा  अबेर सम्म काम गर्नु पर्दा  झन समस्या हुने गरेको थियो”  उनले भनिन ।  अब घरघरमा बिजुली आएकोमा हामी जस्ता महिलाको  लागि सारै सजिलो भयो काम गर्न  घर धन्दा चलाउन ।  बाल बच्चा पढाउन ,बाहिर भित्र गर्न ।  उहाँको थप भनाई थियो । बिद्युत् अभावका कारण बर्षौ देखि झरोको दियालो बाल्दै आएका  बामका स्थानीयहरू  गाउँमै बिद्युत् बिस्तार भई बिजुली  बलेपछि हाल दङ्ग छन् ।   

छायानाथ रारा नगरपालिका वडा नं १४ का नाफा बजार ,बाम गाउँ,धुम्वाडा,फोई पाटा, दर्खेल वाडा, खोड्काका गरि जम्मा ३ सय ५० घर धुरी मध्ये  हाल नाफा बजार,बाम गाउँ,र थुम्वाडाका २ सय ५१  घरमा बिजुली बलेको छ   भने  बाँकी १ सय घरमा  पनि  बिद्युत्  बिस्तार गरिने   नेपाल बिद्युत् प्राधिकरण गम गाड साना जलविद्युत वितरण केन्द्र मुगुका प्रमुख साजन ऐडीले बताउनु भयो ।  हाल बिद्युत् को पोल र तार तानिएको भएपनि थोरै  बजेट अभावका कारण  वडा नं १४ कै फोई पाटा, दर्खेल वाडा, र खोड्कामा बिद्युत् बिस्तार हुन न ,सकेको र आगामी दिनमा बजेट व्यवस्थापन  गरेर सके सम्म चाँडै बिद्युत् बिस्तार को लागि आफूले पहल गर्ने  वडा नं १४ का वडा अध्यक्ष जुनबहादुर खड्काले बताउनु भयो ।   

मुगुको प्रमुख पर्यटकीय स्थल रारा तालका अलावा  चंखेली  हिमाल पनि पर्यटकीय गन्तव्य  स्थल भएकाले  चंखेली हिमाल चढ्न जाने बाटो  बाम गाउँ पर्ने भएकोले  बिद्युत् बिस्तारले  बाम लगायत चंखेली हिमालको पर्यटन विकासमा  एउटा आधारशिला तय हुने अपेक्षा यहाँका स्थानीयहरूले  गरेकाछन ।  यसका साथै  छायानाथ ,रारा नगरपालिका भित्रका मुर्म, लह, लापु , तिर्प र आँसिधारामा  बिद्युत् बिस्तारको लागि पोल गाड्ने काम भइराखेको र आगामी आर्थिक वर्षमा  नगरपालिका भित्रका सबै वडा र गाउँमा बिद्युत् बिस्तार हुने  नेपाल बिद्युत् प्राधिकरण गम गाड वितरण केन्द्रले जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button