तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्ड,गृहमन्त्री लामिछानेसहित रुपन्देही आउनुहुँदै

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रुपन्देही आउन लाग्नु भएको छ । एक सातादेखि बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा आयोजना गरिएको विराट चक्र विज्ञानको समापन तथा लुम्बिनी आध्यात्मिक जागरणको उद्घाटन कार्यक्रममा प्रचण्ड रुपन्देही आउन लाग्नुभएको हो । प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि लुम्बिनी आउन लाग्नुभएको छ ।

जीवन विज्ञान परिषद् प्रशिक्षक शिक्षा विकास केन्द्र लुम्बिनीले आयोजना गरेको साधनामा ५३ सय सहभागी तथा करिब एक हजार आयोजक स्वयंसेवकले एकै पटक यो कार्यक्रममा सहभागिता जनाएका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रधानमन्त्री प्रचण्ड दिउँसो हेलिकप्टरबाट लुम्बिनी आउने र सोही कार्यक्रम सकेर काठमाडौँ फर्कने कार्यक्रम रहेको जानकारी दिनुभयो । शुक्रबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी यहाँ आउनुभएको थियो । एकसाता लामो अहिलेसम्मको धेरै सहभागीले ध्यान गरेर विश्व रेकर्ड कायम गराएको आयोजकको दाबी छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button