तपाईँ सुन्दै हुनुहुन्छः

समस्या व्यवस्थामा होइन क्षमता र नियतमा छ :गगन थापा


नवलपरासी,पश्चिम् । नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापाले व्यवस्था बदलेर मात्र राष्ट्रिय समस्याको समाधान नहुने बताउनु भएको छ ।समस्या व्यवस्थामा नभै क्षमता र नियतमा रहेको महामन्त्री थापाले बताउनु भयो ।नवलपरासीबाट रोकिएको संवाद यात्रा पुनः सुचारु गर्दै काङ्ग्रेस क्षेत्र नम्बर १ ले गोपिगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो ।

हामीले अहिले कार्यकारी प्रधानमन्त्रीको कुरा गरिरहेका छौ।संसदीय व्यवस्था भएका र नभएका दुवै मुलुकलाई हेर्‍यौ भने पनि बुझ्न सकिन्छ।त्यसैले समस्या व्यवस्थामा होइन हाम्रो नियत र क्षमतामा हो , थापाले भन्नू भयो ।

अहिलेको मुल समस्या भनेको मुलुक भरी नि भौतिक पूर्वाधारको काम र हुलाकी राजमार्ग निर्माणमा भएको ढिलाइ भएको उल्लेख गर्दै उहाँले यसलाई राष्ट्रिय बहसको रुपमा नै उठान गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।भूमिहीन तथा सुकुम्बासी समस्या निरुपणका लागि बनेको भूमि आयोग सरकार परिवर्तन सँगै परिवर्तन हुँदा यसले उपयुक्त परिणाम दिन नसकेको उल्लेख गर्दै महामन्त्री थापाले सर्वदलीय सहमतिमा स्थिर खालको भूमि आयोग बनाउनु पर्नेमा जोड दिनुभयो ।

छोटो समयमै सरकार परिवर्तन भैरहदा नीति निर्माणमा समेत कठिनाई भएको बताउँदै थापाले साना दलका कारण स्थिर सरकार बन्न नसकेको तर्क ब्यक्त गर्नु भयो । अहिले एक जनाको कारणले मात्र सरकार बन्ने र ढल्ने परिस्थिति छ। कसैलाई मन लागे सरकार बनाउने मन नलागे गिराउने,त्यसैले हामी ५ बर्ष टिक्ने खालको सरकार बनाउने वातावरण तयार गर्नु पर्छ महामन्त्री थापाले भन्नू भयो ।

महामन्त्री थापाले संवाद यात्राका क्रममा देखिएका स्वास्थ्य सस्थाहरुमा जनशक्ति अभाव,विद्यालयहरूमा शैक्षिक गुणस्तर,शिक्षकहरूका समस्या,साना किसानका समस्या लगायतका विषयहरूलाई राष्ट्रिय मुद्दाको रुपमा सदनमा उठाउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button