तपाईँ सुन्दै हुनुहुन्छः

विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा

विराटनगर । ‘हाम्रो शान विराटनगरको पहिचान विराट गोल्डकप’ भन्ने नारा सहित भोलिदेखि विराटनगरमा आयोजना हुन लागेको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

विराट गोल्डकप ट्रष्टले आज पत्रकार सम्मेलन गदै विराटनगरको सहिद रङ्गशालामा आयोजना हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले भोलिबाट चैत–२४ गतेसम्म विराटनगर आयोजना हुन लागेको प्रतियोगितामा नेपालका ७, भारतका २ र भुटानका १ गरी ३ देशका १० टोलीको सहभागिता रहने जानकारी गराउनुभयो ।

प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख ५० हजार नगद सहित शिल्ड प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार, उत्कृष्ट गोल रक्षकलाई नगद २१ हजार, सर्वाधिक गोल कर्तालाई नगद २१ हजार, प्रत्येक दिन खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ४३ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । विराट गोल्डकप ट्रष्टले टिकट बिक्रीबाट ५० देखि ६० लाख, कोशी प्रदेश सरकारबाट २५ लाख, विराटनगर महानगरपालिकाबाट १२ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख र विभिन्न प्रयोजक तथा विज्ञापनदाताबाट ३० देखि ३५ लाख रुपैयाँ प्राप्त हुने ट्रष्टका कोषाध्यक्ष अनुज बानियाले बताउनुभयो ।

चैत्र २४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button