तपाईँ सुन्दै हुनुहुन्छः

कोल्टीमा इलाका प्रशासन स्थापनाका लागि पहल गर्छु- मन्त्री जोशी

बाजुरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बाजुराको पूर्वोत्तर क्षेत्र कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

जिल्ला समन्वय समिति बाजुराको छैटौँ जिल्ला सभा उद्घाटनका लागि बाजुरा आइपुग्नु भएका मन्त्री जोशीलाई बुढिनन्दा नगरपालिकाले विभिन्न ७ बुँदे माग राख्दैँ बुझाएको ज्ञापन पत्र बुझ्नुहुँदै जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, बिजुली र पर्यटन क्षेत्रको विकासको लागि आफूले  पहल गर्ने बताउनु भएको हो।

कोल्टी क्षेत्रसहित समग्र बाजुराको विकासका लागि मन्त्री जोशीलाई बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहोरा लगायतले ७ बुँदे माग राखी ज्ञापनपत्र बुझाएको थियो।

जिल्ला सदरमुकाम मार्तडीदेखि कोल्टी हुँदै छिमेकी जिल्ला हुम्ला जोड्ने एक मात्र सडक मार्ग कोल्टी, मार्तडी सडक खण्डको कालोपत्रेका लागि ठेक्का लिएको ठेकेदारले काममा ढिला सुस्ती गर्दा अलपत्र बनेको सडकको निमार्ण कार्य अगाडी बढाउन, कोल्टी मार्तडी सडक खण्डलाई कर्णाली करीडोरसँग जोड्न बुढीनन्दाको दानसाघुँ खोलामा बेलिव्रीज निमार्ण कार्य अगाडी बढाउन, कुण्डा क्षेत्रका चार वटा पालिकालाई पायक पर्ने स्थानमा ईलाका प्रशासन र मालपोत कार्यालय स्थापनामा पहल गर्न, पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्थापन गर्न पर्ने लगायतका माग ज्ञापनपत्र राखिएको नगर प्रमुख जनक कुमार बोहोराले बताउनुभयो ।

बाजुराको पूर्वोत्तर क्षेत्रमा इलाका प्रशासन कार्यालय नहुँदा स्थानीयले कठिनाइ भोग्नु पर्ने बाध्यता छ।

भौगोलिक विकटताका कारण देशकै दुर्गम मानिने बाजुराको कुण्डा क्षेत्रमा ईलाका प्रशासन कार्यालय र मालपोत कार्यालय नहुँदा नागरिकले हैरानी खेप्नु परेको अवस्थामा यस क्षेत्रमा यी कार्यालय स्थापनाको पहल गरी नागरिकलाई सेवा प्रवाह सहज बनाउन आफ्नोतर्फबाट कुनै कसुर बाँकी नराखिने मन्त्री जोशीले विश्वास दिलाउनु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button