तपाईँ सुन्दै हुनुहुन्छः

नवलपुरमा मौरीको टोकाइबाट आठ जना विद्यार्थी घाइते 

नवलपुर । नवलपरासी पूर्वमा मौरीको टोकाइबाट आठ जना विद्यार्थी घाइते भएका छन् । कावासोती १६ डण्डामा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत आठ जना विद्यार्थीलाई आज बिहान साढे दश बजेतिरको समयमा मौरीले टोकेको हो । मौरीको टोकाइबाट कावासोती १६  निवासी ७ वर्षीया मनकुमारी परियार , १० वर्षीय अर्चन पौडेल  , १० वर्षकी रोजिना बोहोरा र ११ वर्षकी  समन परियार  रहेका छन् ।

यस्तै  कावासोती १४ निवासी  ९ वर्षीय रञ्जित थापा मगर , ११ वर्षकी चनमती मास्की मगर रहेका छन् भने , मध्यबिन्दु  १ सेतापानी बस्ने ९ वर्षीय विष्णु खनाल , र  १० वर्षीय सौरभ पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरीनायब उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।  

उनीहरूलाई शरीरको विभिन्न भागमा मोरीले टोकेको छ । घाइते भएका विद्यार्थीहरू कक्षा दुई , तीन र चारमा अध्ययनरत रहेका छन् । घाइते  भएका सबैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकाहरूको अवस्था चिन्ताजनक नरहेको प्रहरी नायब उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button