तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना  हुँदा एक जनाको मृत्यु , दुई जना घाइते

नवलपुर  । नवलपरासी पूर्वको मध्यविन्दु ११ मा गएराति मोटरसाइकल दुर्घटना  हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रहेका सोही ठाउँ निवासी ३० वर्षका अनिल बिक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेद बहादुर पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा परेर गम्भीर भएका बिकको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो । घाइते हुनेमा पछाडि सवार सोही ठाउँकै २५ वर्षीय अजय ठकुरी र चालक २८ वर्षीय कृष्ण प्रसाद बिक रहेको पौडेलले जानकारी दिनुभएको छ । 

दमारबाट तमासपुर जाँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल राति एक बजेतिर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवारी रहेका थिए ।  घाइतेको चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button