तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य

दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ देखि हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन अन्त्य भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताउनुभयो । चालु अधिवेशन तीन दिन मात्रै चलेको थियो ।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै विजनेश नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button