तपाईँ सुन्दै हुनुहुन्छः

गैँडा स्थानान्तरणको काम सुरु (फोटो फिचर) 

नवलपुर  । चितवन राष्ट्रिय निकुञ्जको टोलीले आजबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको छ ।

नवलपरासी पूर्वको कावासोती नगरपालिकामा पर्ने नवदुर्गा सामुदायिक वनबाट आज एउटा गैँडालाई डार्ट गरिएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ‘इकोलोजिस्ट’ श्याम शाहको नेतृत्वमा प्राविधिक सहित ६० जनाको टोली गैँडा स्थानान्तरणमा खटिएको छ ।

नवलपुरको लोकाहा, दिव्यपुरी लगायतको क्षेत्रमा बस्ती पसेर दुख दिएका र  पश्चिम सेक्टरको कोर क्षेत्रबाट गरी पहिलो चरणमा ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्न लागिएको संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिनुभयो । 

गैँडा स्थानान्तरण कार्यमा निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायतको जनशक्ति प्रयोग गरिएको छ । 

पहिलो चरण अन्तरगत नवलपुरको पश्चिम सेक्टर , सामुदायिक वन र राष्ट्रिय वनमा रहेका ६ वटा वयस्क भाले र पोथी गैँडा स्थानान्तरण गरिने निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभयो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने तिवारीले जानकारी दिनुभयो ।

एकै स्थानमा धेरै गैँडा हुँदा वासस्थान व्यवस्थापनमा समस्या आउने र वृद्धि दरमा कमी आउने भएकाले स्थानान्तरण गर्न लागिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button