तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा  । बाजुराबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्काको मङ्गलवार अप्रेसन गरेर जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुनुभएको थियो । सुत्केरी भएपश्चात् खड्काको पेट सुनिएको र त्यसको उपचार जिल्लामा सम्भव नभएकाले आज सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिनुभयो। 

जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको एन ०६६ नम्बरको  हेलिकप्टरमार्फत सुत्केरी महिला खड्काको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button