तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रले दाहाललाई उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा सांसद नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ ।

माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको अध्यक्ष पदका लागि पर्सि फागुन २९ गते सोमबार निर्वाचन हुने कार्यतालिका रहेको छ ।

सत्ता साझेदार दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबिच राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले लिने सहमति यस अगाडि नै भइसकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button