तपाईँ सुन्दै हुनुहुन्छः

‘कृषि, सिँचाई र स्वरोजगारी जस्ता विषयलाई बजेटमा प्राथमिकता दिनुपर्छ’

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते मङ्गलवार हुने भएको छ ।

सभाको आजको बैठकले फागुन २९ गतेका लागि अध्यक्षको निर्वाचनको मिति तोकेको हो ।

बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनको सूचना प्रकाशन गर्न संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिनुभयो  ।

यसअघि आजै बिहान बसेको राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले भोलि मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको थियो ।

सभामा आगामी आर्थिक वर्ष २०८१÷०८२का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ ।

छलफलमा सांसदहरुले कृषि, सिँचाई र स्वरोजगारी जस्ता विषयलाई बजेटमा प्राथमिकता दिनुपर्ने सुझाव राख्नुहुँदै कृषिजन्य माटोको अवस्था बिग्रँदै गएको भन्दै कृषि उत्पादकत्व वृद्धिका लागि प्राङ्गारिक मलको कारखाना स्थापना गर्न आवश्यक अनुसन्धानका काम गर्नुपर्ने सुझाव राख्नुभयो ।

यस्तै, सांसदहरुले सुलभ स्वास्थ्य सेवा, स्वदेशमै रोजगारीको सिर्जना र अनौपचारिक क्षेत्रका अर्थतन्त्रलाई राज्यसँग जोड्न आवश्यकता रहेको पनि औँल्याउनुभयो । 

छलफलमा सन्तुलित रुपमा बजेट बाडफाडँ गर्दै दलित, पिछडिएको क्षेत्र, सुकुम्वासीहरूका समस्याहरूलाई समाधान गर्ने गरी बजेटले सम्बोधन गर्नुपर्ने सांसदहरुले सुझाव दिनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक फागुन २९ गते मङ्गलवार बिहान ११ः०० बजेर ९ मिनेटमा बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button