तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा मन्त्रिमण्डल हेरफेर

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिमण्डल हेरफेर गर्नुभएको छ । 

उहाँले दुई मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गर्नु भएको छ । मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्री झपट बहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, राज्यमन्त्री गीतादेवी माललाई पदमुक्त गर्नु भएको छ । मुख्यमन्त्री शाहले दुई जना मन्त्री र एक राज्यमन्त्रीको  जिम्मेवारी हेरफेर गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

उहाँहरू तिनै जना नेकपा माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी हुनु भएको थियो । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले केन्द्रीय राजनीति समीकरणलाई मध्यनजर गर्दै मौजुदा मन्त्रीमण्डलमा जिम्मेवारी हेरफेर गरिएको बताउनुभयो । 

उहाँले सुदूरपश्चिमको विकास र समृद्धिका लागि सबै दलहरूसँग वार्ता, संवाद, सहमति, सहकार्यका लागि खुला रहेको बताउनुभयो । मुख्यमन्त्रीको सचिवालयका अनुसार सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले राख्नु भएको छ भने अन्य चारजना मन्त्री र एक जना राज्यमन्त्रीको जिम्मेवारी यथावत् राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button