तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली सरकारबाट बाहिरियो काँग्रेस, समर्थन फिर्तासँगै मन्त्रीहरूको राजीनामा

जुम्ला । कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका तीनै जना मन्त्रीले राजीनामा दिएका छन् । मङ्गलवार पत्रकार सम्मेलन गर्दै उनीहरूले मन्त्री पदबाट राजीनामा दिनुका साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिएका हुन् । मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले बताएका छन् 

काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसी रहेका थिए । मङ्गलवार पत्रकार सम्मेलनमा आफ्ना उपलब्धी उल्लेख गर्दै मन्त्री पदबाट राजीनामा र समर्थन फिर्ता लिएको उल्लेख गरेका छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् । नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button