तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

पाँचथर । पाँचथरको फिदिममा सम्पन्न चौथो संस्करणको पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

फिदिम मा.वि. को खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक पाँचथर क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले उपाधि जितेको हो । आर्मीलाई जिताउन सन्तोष केसी र पदम तामाङले १/१ र दिप लामाले २ गोल गरे ।

आयोजकको तर्फबाट अनिष चापागाईँ र प्रशान्त लक्समले गोल गरे । विजेता आर्मीले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उप विजेता आयोजकले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर आर्मीका नवीन परियार, डिफेन्डर आर्मीका वसन्त तामाङ, मिड फिल्डर आर्मीका रुपेस क्षेत्री, कोच आर्मीका आदर्श मल्ल, हाइ स्कोरर आयोजकका शुक्रराज राई, सर्वोकृष्ट खेलाडी आयोजकका रोशन आङ्देम्बे र उदयमान खेलाडी आयोजकका मनिष क्षेत्री भए ।

उत्कृष्ट खेलाडीहरूलाई प्रति व्यक्ति १० हजार रुपैयाँ र सर्वोकृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । फागुन १२ बाट सुरु भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button