तपाईँ सुन्दै हुनुहुन्छः

२० दिनदेखि अवरुद्ध मार्तडी-कोल्टी सडक सञ्चालन

बाजुरा । अवरुद्ध भएको २० दिनपछि मार्तडी कोल्टी सडक खण्ड सञ्चालन भएको छ ।

अनाइ खोलामा गएको पहिरो पन्छाएपछि अवरुद्ध मार्तडी- कोल्टी सडक आजबाट सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले जानकारी दिनुभयो ।

माघ २२ गते वर्षासँगै पहिरो गई सडक भाँसिएर अवरुद्ध भएको थियो । पहिरोले अवरुद्ध सडक स्थानीयको अवरोधका कारण सडक सञ्चालन हुन केही समय ढिलो भएको र आजबाट सडक सुचारु गरि साना सवारी साधन कोल्टीतर्फ गएको प्रजिअ पौडेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button