तपाईँ सुन्दै हुनुहुन्छः

उद्घाटनपूर्व सुनथराली विमानस्थलमा तारा एयरको परीक्षण उडान सफल

जुम्ला । कालिकोट नरहरीनाथ गाउँपालिका-१ कोटबाडा स्थित सुनथराली विमानस्थलमा तारा एयरको विमानले परिक्षण उडान गरेको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा उद्घाटन हुने उक्त विमानस्थलमा आइतबार बिहान तारा एयरले परिक्षण उडान गरेको हो ।

उद्घाटन पूर्व सबै पक्षको अध्ययन स्वरूप तारा एयरको 9N-AKL विमानले परिक्षण उडान गरेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो,‘परिक्षण उडान सफल भएको छ । सोमबार १० बजे प्रधानमन्त्रीद्वारा विमानस्थलको उद्घाटन हुने भएकोले तयारीलाई तीव्र पारिएको छ ।

सोमबार उद्घाटन कार्यक्रमको पुर्वतयारी स्वरूप परिक्षण उडान गर्न प्राविधिक टोली सहित नेपालगन्जबाट तारा एअरको विमानले सुनथराली विमानस्थलमा परिक्षण उडान गरेको प्रवक्ता बोहोराले जानकारी दिनुभयो । परिक्षण उडानका लागि आएको प्राविधिक टोलीलाई को  नरहरिनाथ गाउँपालिकाको टोली र स्थानीयवासीले स्वागत गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button