तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस प्रतिवेदनमा सञ्चार क्षेत्रका विषय नसमेटिनु दुखद : अध्यक्ष लम्साल

काठमाडौँ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा सञ्चार क्षेत्रलाई समेट्ने गरेर कुनै पनि प्रस्ताव नआउनु दुखद भएको बताउनुभएको छ।

प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन हुनुभएका अध्यक्ष लम्सालले महासमिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै सञ्चार क्षेत्रले जताततै चुनौती भोग्दै गरेको अवस्थालाई कांग्रेसको महासमिति बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुखद भएको बताउनु भयो ।

प्रेस, न्यु मिडिया, पत्रकारिता जगतले भोग्दै गरेका चुनौती बारे महासमिति बैठकमा कुनैपनी प्रतिवेदनमा केही आएन,कांग्रेस जस्तो लोकतान्त्रिक दलले सञ्चार क्षेत्रको विषयमा केही नबोल्नु दुखद छ लम्सालले भन्नुभयो ।

उहाँले  काँग्रेसलाई गुट बनाउन र आफ्नो मान्छे बनाउन बाहेक अन्य परिणाममुखी काम गर्न फुर्सद नभएको भन्दै  काँग्रेसले आफूलाई बलियो बनाउन सबै तहका नेताहरू सुध्रिनु पर्ने बताउनु भयो । 

लम्सालले पाटिबाट निर्वाचित बनेका नेताहरूमा वडा तह, प्रदेश तह र केन्द्र तह सम्म भ्रष्टाचारको गन्ध बढ्दै गएको भन्दै गठबन्धनका कारणसमेत धेरै क्षेत्रमा काँग्रेसीहरूले अवसर गुमाउनु परेको बताउनुभयो।

महासमिति बैठकमा धारणा राख्दै महासमिति सदस्य तथा अग्रज पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेश गरेको प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई व्यवस्थित गर्न सकिने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button