तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक महिलाको मृत्यु

सिन्धुपाल्चोक । करेन्ट लागेर हेलम्बु गाउँपालिका वडा नम्बर ४ ग्याल्थुम भोटेपाखामा एक महिलाको मृत्यु भएको छ । 

आज बिहान ११ः०० बजेतिर पत्कर सोर्न गएकी साही वडाको ग्याल्थुम निवासी  ४५ बर्षीय शारदा लामिछानेको करेन्ट लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी जवान अनिल घर्तीले जानकारी दिनुभयो ।  

हाइटेन्सन  लाइनको पोलबाट भुईँमा लत्रिएको नेटको तारमा करेन्ट सट भई फलामको तारमा करेन्ट प्रवाह भएको हुनसक्ने प्रहरीको भनाइ छ । उनको शरीर केही जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।   

लामिछानेको शव पोष्टमार्टमका लागि मेलम्ची ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान जारी छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button