तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा अझै ९२ हजार स्वास्थ्यकर्मी अभाव छ : मन्त्री बस्नेत

पोखरा । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपालमा अझै ९२ हजार स्वास्थ्यकर्मी अभाव भएको बताउनु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाले आइतबार पोखरामा आयोजना गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ प्रादेशिक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रमा समस्या भएको बताउँदै हाल नेपालमा ९२ हजार स्वास्थ्यकर्मी अभाव भएको दाबी गर्नु भएको हो ।

हाल ३२ हजार स्वास्थ्यकर्मी रहेको सरकारी तथ्याङ्क भए पनि हाल रिटायर र विदेशीएकाको एकिन तथ्याङ्क हेर्दा २८ हजार मात्र नेपालमा कार्यरत स्वास्थ्यकर्मी रहेको उहाँले दाबी गर्नु भयो । नेपालमा उत्पादन भएका ओैषधीको अनुगमन गर्दै आएको उहाँले बताउनु भयो । 

बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने मन्त्री बस्नेतले बताउँदै एक ठाउँमा गर्ने बिमाले देशका कुनै पनि ठाउँमा उपचार गर्न सकिने व्यवस्था मिलाउँदै गरेको जनाउनु भयो । सरकारले स्वास्थ्य क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बजेट घटाएकोले चाहेर पनि स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न नसकेको उहाँले बताउनु भयो ।

आउँदो चैत महिना देखि सबै प्रदेशमा छात्रवृत्तिका चिकित्सकहरू पठाउने मन्त्री बस्नेतले बताउनु भयो ।

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरि आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार लाग्ने उहाँको भनाई थियो ।

स्थानीय, प्रदेश र सङ्घीय सरकार बिच समन्वय गरि लामो दुरीमा काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उहाँले बताउनु भयो । सुझावमा आएको कुरा व्यवहारमा लागु गर्ने मन्त्री बस्नेतले बताउनु भयो ।

मन्त्रालयका सचिव रोशन पोखरेलले डिपिआर बनेका स्वास्थ्य कार्यालय भवनको खर्चको विवरण आएमा भुक्तानी गर्न तयार भएको बताउनु भयो  । नेपाल ओैषधिमा आत्मनिर्भर बन्दै आएको उहाँले बताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकार सचेत भएको बताउनु भयो ।

अस्पताल सञ्चालनमा कठिनाइ भएको, २०५४ साल देखि स्वास्थ्यकर्मी दरबन्दी थप नभएको,  दक्ष जनशक्ति अभाव, डकुमेन्ट विना आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन कठिनाइ भएको सहभागीले गुनासो गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button