तपाईँ सुन्दै हुनुहुन्छः

पोर्चुगलको सत्तारूढ समाजवादी पार्टीको नेतामा सान्तोस विजयी

लिस्बन । पोर्चुगलको सत्तारुढ समाजवादी (सोसलिस्ट) पार्टी को महासचिवमा पोर्चुगलका सांसद् पेड्रो नुनो सान्तोसले ६२ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

सन् २०२४ को मार्च १० मा हुने आगामी विधानसभा चुनावमा सान्तोस सोसलिस्ट पार्टीको तर्फबाट प्रधानमन्त्री पदका लागि उम्मेदवार बन्न मार्गप्रशस्त गरेको छ ।

आफ्नो निर्वाचनपछि दलका शुभचिन्तकलाई गरेको सम्बोधनमा सान्तोसले भन्नुभयो, “समाजवादी पार्टी पोर्चुगलको सबैभन्दा ठूलो राजनीतिक पार्टी थियो, छ र रहिरहनेछ ।”

अर्थशास्त्रीको रूपमा सान्तोसले सन् २०१९ देखि २०२२ सम्म पोर्चुगाली सरकारमा पूर्वाधार तथा आवास मन्त्रीको रूपमा काम गर्नुभएको थियो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button