तपाईँ सुन्दै हुनुहुन्छः

भारी हिमपातले माथिल्लो मुगु र राराताल बासिन्दाको जनजीवन कष्टकर

मुगु । मुगुमा एक साता यता अत्यधिक चिसो बढ्नुका साथै मौसममा बदली आई गएराती देखी  वर्षा र हिमपात हुन थालेपछि  मुगु लगायत हिमाली जिल्ला हरूको जनजीवन कष्टकर बनेको छ ।

गएराति देखि आकाशमा बाक्लो बादल लाग्नुका साथै उच्च हिमाली भेगका नेपालकै ठुलो र प्रसिद्ध राराताल, चुचेमारा मिली मुर्माटप लगायतका ठाउँहरूमा भारी हिमपात भएको छ ।  गमगढी लगायत  मुगु जिल्लाका सबै बस्ती हरूमा एका बिहानै देखी वर्षा र  हुन थालेपछि चिसो अत्यधिक बढेर जनजीवन कष्टकर बन्दै गएको हो । 

चिसोका कारण रुघा, खोकीका बिरामीहरू  जिल्ला अस्पतालमा ठिनीमा उपचारका लागि आउने सङ्ख्यामा वृद्धि  भएको जिल्ला अस्पताल मुगुले जनाएको छ । चिसोले विशेष गरि दम रोगी, र बुढाबुढी बढी प्रभावित भएका छन् । चिसो निकै बढेपछि उत्तरी करान भेगका लेकाली बस्तीमा बसोबास गर्ने लामा समुदायका मानिसहरू  चितै कुना, सिरानी चौर, पुलु ,तिर झरेका छन् । मुगु हिमाली जिल्ला भएकाले हिउँद ऋतुमा अत्यधिक जाडो हुँदा बाल बच्चाहरूमा निमोनिया र श्वासप्रश्वासका  रुघा, खोकीको समस्या  गाउँ बस्तीमा बढेर गएको बताइएको छ । 

चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धा महिला पुरुषहरू बढी  प्रभावित भएका छन् । भने अर्को तिर बेलैमा वर्षा र हिमपात सुरु भएकाले हिउँदे बाली जौ, गहुँ , नाफल, उवा, लगायतका बाली सप्रने कृषकहरूले विश्वास गरेका छन् ।  मुगुका उच्च हिमाली भेगहरू रारा, चुचेमारा, मुर्माटप, चेखेली, मालिका, घुच्चि, दोल्फु, मुगु, लखु, कालामुल लगायतका उच्च हिमाली भेगमा हिमपात भएको हो । छायाँनाथ, मुर्माटप, लचुचेमारा, तलिलेक, घट्टललेक  लगायतका उच्च लेकाली बस्तीहरूमा हाल भीषण हिमपात भइराखेको छ । वर्षा र हिमपातले  जनजीवन कष्टकर बनेपनि किसानहरू भने बाली जाली सप्रने भएकाले खुशी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button