तपाईँ सुन्दै हुनुहुन्छः

दशैँसँगै सखिया नाचको रौनक

कञ्चनपुर । देशभर नै बडा दशैँको चहलपहल छ । यसैमा पश्चिम तराइका थारु समुदायमा भने सखिया नाचको पनि रौनक बढेको छ । यति बेला थारु समुदायका गाउँ बस्ती सखिया नाचमा झुमेका छन् ।

कृष्ण जन्माष्टमीदेखि सखिया नाच सुरु गरिने भए पनि बर्खे बाली भित्र्याउने चटारोले त्यति रौनक देखिन्थेन । तर बर्खे बाली भित्र्याइसकेसँगै केही फुर्सदिला बनेका थारु समुदायका महिला तथा पुरुषहरू सखिया नाचमा रमेका देखिन्छन् ।

थारु समुदायको प्रमुख मानिने सखिया नाचमा देवीदेवता, कुल देवताका गाथा, कृष्ण लीला लगायत धार्मिक ग्रन्थमा आधारित गीत गाउने गरिएको बेलडाँडीका थारु अगुवा भागिराम चौधरीले बताउनुभयो । थारु समुदायका युवतीहरू मौलिक पहिरनमा सजिएर सखिया नाचमा नाच्ने गर्दछन् भने पुरुषले मादल बजाउने गर्दछन् ।

विगतमा झण्डै ५० दिनसम्म थारु समुदायमा खेलिने सखिया नाच पछिल्लो समयमा भने हराउँदै गएको प्रति बेलडाँडीकै कृष्णा चौधरीले चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button