तपाईँ सुन्दै हुनुहुन्छः

सहिदभूमिको सेरोफेरो कार्यक्रम प्रसारण हुने 

धनकुटा । सहिदभूमि  गाउँपालिका धनकुटाको प्रायोजनमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट सहिदभूमिको सेरोफेरो कार्यक्रम पाक्षिक रुपमा प्रसारण हुने भएको छ ।

प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार प्रसारण हुने कार्यक्रमको सम्झौतामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्की र रेडियो नेपाल धनकुटाका कार्यालय प्रमुख उद्धव सि ढाँटले आज हस्ताक्षर गर्नु भएको हो । 

सम्झौतापत्रमा हस्ताक्षर गर्नुहुँदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले पालिकाले गरेका विकास निर्माणका गतिविधि, नागरिकलाई सूचना सन्देश प्रवाह गर्न र सुशासनमा समेत सहयोग हुँदै आएकोले कार्यक्रमलाई निरन्तरता दिइएको बताउनु भयो ।

रेडियो नेपाल धनकुटाका प्रमुख उद्धव सिंह ढाँट क्षेत्रीले विगत ५ वर्षदेखि निरन्तर प्रसारण गर्दै आएको सहिदभुमिको सेरोफेरो कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि सञ्चालन गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन पालिकाका सबै वडालाई समेट्दै पालिकाका प्रत्येक शाखाका गतिविधि, स्थानीयवासीको गुनासा, आवश्यकतालाई राख्दै समाधानका लागि सम्बन्धित जनप्रतिनिधि र सरोकार राख्नेहरूलाई समेत कार्यक्रममा समेटिने बताउनु भयो । 

आगामी असारसम्ममा २० वटा सहिदभुमीको सेरोफेरो कार्यक्रम प्रसारणको लागि रु।१७६,२८० रकम बराबरको सम्झौता भएको रेडियो नेपाल धनकुटाका सम्पादक सुखकला राईले बताउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button