तपाईँ सुन्दै हुनुहुन्छः

एमाले कोशी प्रदेश अधिवेशनको तयारी पुरा

विराटनगर । विराटनगरमा शुक्रबारदेखि शुरु हुन लागेको नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।

नेकपा एमाले कोशी प्रदेशले विराटनगरमा आज पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जानकारी गराएको छ । दुई दिनसम्म चल्ने सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

अधिवेशनमा एमाले पार्टीसँग आबद्ध विभिन्न सङ्गठनका १ हजार ५० जना प्रतिनिधिको सहभागिता रहने छ । भोलि ११ बजे शुरु हुने अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष तुलसी न्यौपानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button