तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबिच भेटवार्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबिच भेटवार्ता भएको छ ।

भेटवार्तामा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोग समेत आवश्यक भएको बताउनुभयो । गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने उहाँको भनाई थियो ।

भेटमा अमेरिकी उप विदेशमन्त्री एवं आप्रवासन विभागका उप सहायक सचिव वाईनीले विगतदेखि नेपाल र अमेरिकी सरकार बिचको सम्बन्ध अहिले पनि सौहार्दपूर्ण रहेको बताउनुभयो । सरकारको प्राथमिकताका क्षेत्रमा सहकार्य हुने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button