तपाईँ सुन्दै हुनुहुन्छः

समूहमा भ्रमण गर्ने चिनियाँलाई भिसा जारी गर्दैै अष्ट्रेलिया

क्यानबेरा। अष्ट्रेलिया सरकारले समूहमा आफ्नो भूमिमा भ्रमणमा आउने चिनियाँ नागरिकलाई प्रवेशाज्ञा (भिसा) जारी गर्ने प्रक्रिया पुनः सुरु गरेको छ ।

व्यापार एवं पर्यटन मन्त्री डन फारेलका अनुसार स्वीकृत गरिएका गन्तव्यमा चिनियाँ पर्यटकलाई भिसा जारी गरिने छ । कोरोना महामारीपछि पहिलो पटक भिसा जारी गर्ने प्रक्रिया पुनः सुरु गरिहएको हो । यात्रा व्यवस्थापन गर्ने चिनियाँ र अष्ट्रेलियाको पर्यटन उद्योगको समन्वयमा काम थालिएको मन्त्री फारेलले सोमबार एक विज्ञप्ति निकालेर बताउनुभएको हो । दुवै देशका सरकार र पर्यटन उद्योगीबीच आवश्यक सम्झौता गरेर प्रक्रिया अघि बढाइएको जानकारी उहाँले दिनुभएको छ ।

चीनलगायत संसारका कुनै पनि देशबाट अष्ट्रेलियाको भ्रमण गर्नेलाई विश्वस्तरीय पर्यटन सेवा उपलब्ध गराउन सरकार तयार रहेको बताउँदै मन्त्री फारेलले पर्यटकलाई स्वागत गर्न व्यवसायीहरू उत्सुक रहेका उल्लेख गर्नुभएको छ । यसैबीच, कोरोना महामारीअघि सन् २०१९ मा १४ लाख चिनियाँले अष्ट्रेलिया भ्रमण गरेका अष्ट्रेलियाको पर्यटन विभागले जनाएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button