सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सम्पूर्ण जनरल बेड निःशुल्क
नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आजदेखि सम्पूर्ण जनरल बेडहरू निःशुल्क गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार अस्पतालमा भर्ना भएका अति विपन्न बिरामीहरूलाई निःशुल्क खानाको पनि व्यवस्था गरिएको छ ।
मुठ्ठी दानबाट सुरु भएको सुशील कोइराला क्यान्सर अस्पतालमा हरेक बर्ष बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा दरबन्दीका डाक्टर र कर्मचारी नहुनु मुख्य समस्या रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्