तपाईँ सुन्दै हुनुहुन्छः

भोलि संविधान दिवस मनाइँदै

काठमाडौँ । भोलि संविधान दिवस मनाइँदै छ ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि २०७२ असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको अवसरमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।

सरकारले आजदेखि ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।

संविधान दिवसकै अवसरमा संविधान दिवस मूल समारोह समितिले आयोजना गर्ने कार्यक्रमको काठमाडौँको टुँडिखेलबाट रेडियो नेपालले भोलि बिहान प्रत्यक्ष प्रसारण गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button