तपाईँ सुन्दै हुनुहुन्छः

जसपाद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले संविधान सभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पञ्चायत विरुद्धको आन्दोलनदेखि ऐतिहासिक जनआन्दोलनसम्म मुलुकमा भएका परिवर्तनकारी सङ्घर्षमा अग्रणी भूमिका निर्वाह गर्नुभएका स्व नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको आज पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी मधेस प्रदेश सभा सदस्य विन्दु यादवको आज भएको निधनप्रति पनि जसपाले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button