तपाईँ सुन्दै हुनुहुन्छः

‘मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्त्व क्रियाशील’

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्त्व क्रियाशील रहेको बताउनुभएको छ ।

हरितालिका तिजको अवसरमा अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले समाजमा मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैलाउने काम गरिरहेको बताउनुभयो ।

चाडपर्वहरूसँग मेल नखाने गतिविधि हुनु सुखद् नभएको बताउँदै अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सद्भाव कायम गर्नु रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले चाडपर्वलाई नेपालीहरूले उत्सवको रुपमा मनाउने गरेकोले सामाजिक प्रबन्धहरूलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button