तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ 

दाङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हरिशचन्द्र पाण्डेलाई दाङ प्रहरीले पक्राउ गरेको छ । 

सर्वोच्च अदालतले २०५७ साउन ६ गते गरेको फैसला अनुसार ८ वर्ष ७ महिना कैद फैसला सुनाएको थियो । 

रुकुम पश्चिम मुसीकोट नगरपालिका ७ निवासी पाण्डे हाल घोराही १६ लेटार बस्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले पाण्डेलाई पक्राउ गरेको हो । 

पाण्डेलाई दाङ प्रहरीले साउन १० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । 

पक्राउ परेका पाण्डेलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई बुझाएको दाङ प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न अदालतले कैद सजाय तोकेर फरार रहेका प्रतिवादी पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button