तपाईँ सुन्दै हुनुहुन्छः

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष अग्रवालद्वारा शपथ

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई शपथ गराउनुभएको छ ।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष पदको शपथ गराउनुभएको हो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button