तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक स्थगित 

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूको अवरोधका कारण स्थगित भएको छ । 

बैठक सुरु भएपछि एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले आफ्नो भनाई राख्नुहुँदै सुन तस्करीमा संलग्न सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग राख्नुभयो । 

बैठकमा आफ्नो भनाई सकिए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो । 

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाउन आग्रह गर्नुभए पनि एमाले सांसदहरुले उठेर विरोध कायम राखेपछि बैठक स्थगित भएको हो । 

राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमवार दिनको १ः०० बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button