तपाईँ सुन्दै हुनुहुन्छः

अन्यौलमा सिटी सफारी लाइसेन्स प्रक्रिया

सुनसरी । सार्वजनिक सवारी ऐन अनुसार सवारी अनुमति पत्र बिना सिटी सफारी सञ्चालन गर्न नपाइने व्यवस्था भएपिन इटहरी महानगरपालिकामा भने यो नियम लागू हुन सकेको छैन ।

प्रदेश सवारी ऐनमा सफारी नवीकरण गर्न बिमा अनिवार्य गरिए पनि लाइसेन्स अनिवार्य नगरिँदा सार्वजनिक सवारी ऐन लागू हुन नसकेको हो ।

इटहरीमा चल्ने सिटी सफारीमा चालकलाई सवारी चालक अनुमति पत्र अनिर्वाय नगरिँदा दुर्घटनाको जोखिम त बढेकै छ, दुर्घटना भए कानुनी कारबाहीमा जाने,बिमा बापतको रकम दाबी गर्ने काम समेत प्रभावित भइरहेको छ ।

सार्वजनिक सवारी ऐन अनुसार कालो नम्बर प्लेटको सवारी साधनमा अनिवार्य सवारी चालक अनुमति पत्र आवश्यक पर्ने भन्ने प्रावधान छ । चालक अनुमति पत्र अनिर्वाय हुनु पर्ने व्यवस्था हुँदा हुँदै अटेर गरेका सफारी चालकलाई बिमामा लैजान झनै समस्या भइरहेको यातायातका कर्मचारीहरू बताउँछन् ।

इटहरीबाट नवीकरणको प्रक्रियामा रहेका सफारीलाई अनिर्वायरुपमा बिमामा लैजाने प्रयास समेत यत्तिखेर अलपत्र परेको छ । बिमामा नजानेभन्दै यातायात व्यवस्था कार्यालय कोशी प्रदेश इटहरी परिसरमा सफारी चालकहरू विरोधमा उत्रिए पछि बिमाको योजनासमेत अलपत्र परेको हो ।

सफारीको नवीकरणका लागी बिमा अनिवार्य गर्नुपर्ने कानुनी प्रावधान रहेको भन्दै कार्यालयले बिमा गर्न भनेपछि उनीहरू त्यसैको विरोधमा उत्रिएका थिए ।

अधिकांश सफारी चालकहरू लेखपढ गर्न नसक्ने भएकाले ट्रायलका माध्यमबाट मात्र लाइसेन्स उपलब्ध गराउन नगरले पहल गरेता पनि केन्द्रीय नीति नै बाधक भएपछि परिमार्जित गर्नुपर्ने अवस्था आए पनि उपमहानगरपालिका सफल भई नसकेको इटहरी उपमहानगरपालिका मेसीनेरी औजार व्यवस्थापन शाखा प्रमुख गणेश प्रसाद भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button