तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा सिकलसेलका बिरामी बढ्दै

नवलपरासी ।विभिन्न जिल्लामा देखिएको सिकलसेल एनिमिया अहिले पछिल्लो समय पश्चिम नवलपरासीमा समेत देखिएको छ ।मुलत एक पुस्ता बाट अर्को पुस्तामा बशाणुगत रुपमा देखिने यो रोग तराईका विभिन्न जिल्लामा देखिन थालेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका स्थानियतह हरुमा गरेको परिक्षणमा सिकलसेल र थालासेमियाका वाहक ९३ जना बिमारी फेला परेका हुन।

सिकलसेल तथा थालासेमियाको अवस्था पहिचानक स्क्रिनिङ्ग शिविर मार्फत रगत ८६५ जनाको नमूना सङ्कलन गरी परीक्षण गर्दा ९३ जना सिकलसेल र थालासेमियाका बाहक फेला परेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य कार्यालयले गत आर्थिक वर्ष एक हजार १८८ जनाको रगत सङ्कलन गरी नमूना परीक्षण गरेको थियो।त्यसमध्ये ३२३ जनाको नतिजा प्राप्त हुन बाँकी छ।हालसम्म नतिजा प्राप्त भएका ८६५ मध्ये सिकलसेलका ३३ र थालासेमियाका ६० जना बाहक फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका मलेरिया निरीक्षक देवीलाल पौडेलका अनुसार सरावल गाउँपालिकामा ३७४ जनाको रगत परीक्षण गर्दा ३० जना सिकलसेल र थालासेमियाका बाहक फेला परेका थिए। ।

सुस्ता गाउँपालिका १४७ जनाको रगत परीक्षणबाट २३ जनामा सिकलसेल र थालासेमियाका बाहक फेला परेका छन् भने रामग्राममा २४७ जनाको नमुना परिक्षण गर्दा २६ जना बाहक भेटिएको र ११८ जनाको रगत नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको कार्यालयले जनाएको छ।

त्यसैगरि प्रतापपुर गाउँपालिकामा १८३ जनाको रगत परीक्षण गर्दा १२ जनामा सिकलसेल र थालासेमियाको बाहक पत्ता लागेको छ भने बर्दघाटमा १५३ जनाको रगत परीक्षण गर्दा १० जनामा बाहक फेला परेको छन्।ती दश जनाको घरपरिवारका ३० जनाको पनि रगत सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ।त्यसैगरी सुनवल नगरपालिका वडा नं.९ मा ८४ जनाको रगत सङ्कलन गरी परीक्षणमा पठाइएको छ कार्यालय प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिनु भयो ।

स्वास्थ्य कार्यालयले जिल्लाका पाल्हीनन्दन गाउँपालिका बाहेक अन्य पालिकामा गरिएको नमूना परीक्षणको क्रममा उक्त रोगका बिरामी फेला नपरेपनि बाहक भने फेला परेका छन्।जिल्लामा थारु बाहुल्य क्षेत्रमा रोगको पहिचानका लागि रगत नमूना सङ्कलन गरी परीक्षण गरिएको मलेरिया निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख एवं प्रवक्ता डा.पुष्पराज पौडेलले सिकसेलका बिरामीका लागि स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता बढाउँदै अस्पतालहरूमा सिकलसेल परिक्षण कक्ष स्थापना गरिएको जानकारी दिनुभयो ।भावी पुस्तामा रोग नदेखियोस् भन्नका लागि मन्त्रालय मार्फत विभिन्न जनचेतनामूलक कार्यक्रम गरिने उहाँले बताउनु भयो ।

सिकलसेलको कुनै लक्षण नभई स्वस्थ देखिने तर सिकलसेलको जिनबाट प्रभावित भएकोलाई सिकलसेल वाहक भनिने गरिन्छ। पुरुष र महिला दुवैजना सिकससेल भएकाबाट जन्मने बालबालिकामा सिकलसेल सर्ने चिकित्सकहरू बताउन । आमा र बुबा दुईमध्ये एकजना सिकलसेल वाहक र एकजना स्वस्थ भएमा सन्तानमा सिकलसेल सर्ने सम्भावना धेरै कम हुन्छ र यसैले सिकलसेल वाहकको पहिचान गरेर व्यवस्थापन गर्ने उपाय अवलम्बन गरिनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button