तपाईँ सुन्दै हुनुहुन्छः

मरणोपरान्त एउटै टोलका ८४ जनाले गरे आँखा दान 

चितवन ।  रत्ननगर नगरपालिका वडा नं ३ अन्तर्गत रहेको एउटै टोलका ८४ जनाले मरणोपरान्त आँखा दान गरेका छन् ।

श्रीगणेश टोल विकास संस्थामा आबद्ध ८४ जनाले आँखा दान गरेको अध्यक्ष  शोभा शर्मा भुसालले जानकारी दिनुभयो  । पटक पटकको प्रयास पछि ८४ जनाले आँखा दान गरेको अध्यक्ष भुसालले बताउनुभयो । आँखा दान गर्न प्रेरित गर्ने उद्देश्यले बस्ती बस्तीमा अभियान सञ्चालन गरिएको थियो ।

भरतपुर आँखा अस्पताल अन्तर्गत रहेको भीमराज उषमाया पाठक आँखा बैङ्कलाई इच्छापत्र हस्तान्तरण गरिएको हो । टोल विकास संस्थाकी अध्यक्ष शोभा शर्मा भुसालले आँखा बैंकका संयोजक  छाया श्रेष्ठलाई इच्छापत्र हस्तान्तरण गर्नुभएको थियो  । बैङ्ककी संयोजक श्रेष्ठले २०७४ साल यता चितवनमा ९९५ जनाले मरणोप्रान्त आँखा दान गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चितवन र नवलपरासीका २४ जनाको मरणोप्रान्त आँखाको नानी निकालेर प्रत्यारोपण गरिएको छ । 

भरतपुर आँखा अस्पतालले अहिले सम्म सबै ठाउँका गरी ११९ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । आँखा दान इच्छापत्र हस्तान्तरण कार्यक्रममा टोल विकास संस्थाकी अध्यक्ष भुसाल सहित पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button