तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी विश्वविद्यालय आविष्कार केन्द्रका उत्पादनहरूको सार्वजनिकिकरण

पोखरा । पोखरा महानगरपालिका वडा नंं ३२, ज्ञानकुञ्जमा रहेको गण्डकी विश्वविद्यालयले अनुसन्धान केन्द्र र अन्वेषण तथा आविष्कार केन्द्रका उत्पादनहरूको पत्रकार सम्मेलन गरी सार्वजनिकिकरण गरेको छ । 

विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङले आविष्कार केन्द्रमा रहेका औजारको उद्घाटन गर्दै  मुलुकको आवश्यकतामा लक्षित प्रविधियुक्त ८ वटा मेसिन र केही बहुउपयोगी औजारहरू उत्पादन भएको बताउनुभयो । ‘अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधिहरूलाई  शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान गर्ने उद्देश्यले  स्थापना भएको बताउँदै  गुरुङले प्रविधिको प्रयोग गरेर कृषि, स्वास्थ्य, सूचना प्रविधि जस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजारहरूको विकास गर्न सके बौद्धिक पलायनलाई रोक्न सकिने बताउँदै विद्यार्थी, कर्मचारी र पदाधिकारीहरू राजनीतिक प्रभावबाट मुक्त रहेर विशुद्ध शैक्षिक र अनुसन्धानात्मक गतिविधिमा संलग्न  विद्यार्थी, कर्मचारी र पदाधिकारीहरू राजनीतिक प्रभावबाट मुक्त रहेर विशुद्ध शैक्षिक र अनुसन्धानात्मक गतिविधिमा संलग्न रहेको समेत बताउनुभयो । 

विश्व विद्यालयका उप कुलपति प्रा.डा. नवराज देवकोटाले स्थापना भएको छोटो समयमै अलग पहिचान स्थापित गर्न सफल गण्डकी विश्वविद्यालयले केन्द्रमा घाँस टुक्र्याउने मेसिन, गोबर पेल्ने मेसिन, कोदो ठटाउने औजार, सोलार, दाउरा चिर्ने मेशिन, अदुवा प्रशोधन गर्ने मेसिन निर्माण भइसकेका छन् । यसका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग विश्वविद्यालयले सहकार्य गरेको बताउनु भयो ।  

सोही अवसरमा विश्व विद्यालयका रजिष्टार डा.कैलास तिमल्सेनाले  केन्द्रमा पेट्रोल स्कुटरलाई विद्युतीय स्कुटरमा परिवर्तन गरी प्रयोगमा ल्याइएको छ । साथै अन्य मेसिनहरू पनि निर्माणको प्रक्रियामा छन् । विश्वविद्यालय नयाँ नयाँ प्रविधि भित्राउन र लगानीको वातावरण गर्न विश्वविद्यालय प्रतिबद्धता रहेको उहाँको भनाइ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button