तपाईँ सुन्दै हुनुहुन्छः

पाण्डेद्वारा युराेपकाे सर्वाेच्च शिखर एलब्रसकाे सफल आराेहण

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युराेपकाे सर्वोच्च शिखर एलब्रस हिमालकाे सफल आराेहण गर्नुभएकाे छ ।

गत जुन २९ तारिखकाे दिन बिहान ९:०० बजे पाण्डेले रुसमा रहेकाे युराेपकाे सर्वोच्च शिखर एलब्रस हिमालकाे सफल आराेहण गर्नु भएकाे हाे । साथै उहाँले एलब्रसमा नेपालकाे राष्ट्रिय झण्डा समेत फहराउनु भएकाे छ ।

पाण्डेले सातै महादेशका उच्च हिमालकाे आराेहण गरि सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ जुन २१ मा रुस प्रस्थान गर्नु भएकाे थियाे ।

पाण्डेले सफल आराेहण गर्नु भएकाे एलब्रस हिमाल युराेपकाे सबैभन्दा अग्लाे चुचुराे हाे ।अब युराेपकाे सफल आराेहण सम्पन्न भएसँगै अफ्रिकाकाे अग्लाे चुचुराे किलिमान्जाराे हिमालकाे आराेहणका लागि अफ्रिका प्रस्थान गर्ने पाण्डेले बताउनुभयाे ।

पाण्डेले सन् २०१६ बाट हिमाल चढ्न शुरु गर्नुभएकाे हाे । उहाँले सगरमाथा, मनास्लु र आमादब्लम हिमालकाे सफल आराेहण गरिसक्नु भएकाे छ ।

पाण्डेले अन्य सबै महादेशका अग्ला हिमालकाे आराेहण सकेपछि पुन सगरमाथाकाे आराेहण गरि सेभेन समिट पूरा गर्ने बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button