तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा महिलाको मृत्यु

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं ३ र ४ को बिचमा रहेको बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

खप्तड छेडेहद गाउँपालिका ४ ग्वानीकी अन्दाजी २३ वर्षीया संगीता साउद बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख कभिन्द्र बोहराले जानकारी दिनुभयो । आइतबार साँझ सदरमुकाम मार्तडीबाट घर जाने क्रममा खोलाले बगाएको टाँटे प्रहरी चौकीका इन्चार्ज मोती खडायतले बताउनुभयो ।

उनकी नौ महिने छोरी भने खोला किनारमा छलिएपछि बाँच्न सफल भएकी खडायतले जानकारी दिनुभयो । महिलाको शव करिब २० मिटर तल भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button