तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय पर्यटन ‘पाहुना देवता समान हुन्’ भन्ने दृष्टिकोणमा आधारित छ : प्रधानमन्त्री मोदी

नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटन क्षेत्रमा भारतको दृष्टिकोण प्राचीन संस्कृत श्लोक ‘अतिथि देवो भवः’ मा आधारित रहेको बताउनुभएको छ ।

यसको अर्थ ‘अतिथि देवता समान हुन्’ भन्ने हो । भिडियो सन्देशमार्फत गोवामा आयोजित जी–२० पर्यटन मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री मोदीले केही समय निकालेर गोवाको सुन्दरताको अन्वेषण गर्न आग्रह गर्नुभयो ।

उहाँले अविश्वसनीय भारतको भावनालाई स्मरण गर्दै भन्नुभयो, “पर्यटन मन्त्रीहरूले विश्वव्यापी रूपमा दुई ट्रिलियन डलरभन्दा बढीको क्षेत्र सम्हालिरहेका भए तापनि उनीहरू आफैं पर्यटक बन्ने मौका विरलै पाउँछन् । जी–२० टुरिजम वर्किङ ग्रुपको समापन तथा अन्तिम बैठकका साथै पर्यटन मन्त्रीस्तरीय बैठक जुन १९ देखि २२ सम्म गोवामा भइरहेको छ ।

प्रधानमन्त्री मोदीले पर्यटन केवल दर्शनीय स्थलमात्र नभएर इमर्सिभ अनुभव पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संगीत होस् वा खाना, कला होस् वा संस्कृति, भारतको विविधता साँच्चिकै भव्य छ ।”

“उच्च हिमालयदेखि घना जङ्गल, सुख्खा मरुभूमिदेखि सुन्दर समुद्र तट, साहसिक खेलदेखि ध्यान केन्द्रसम्म, भारतसँग सबैका लागि केही न केही छ ।” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री मोदीले पर्यटनका लागि विश्वस्तरीय पूर्वाधार निर्माण गर्दै पर्यटन क्षेत्रमा भारतको प्रयास आफ्नो समृद्ध सम्पदाको संरक्षणमा केन्द्रित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यातायात पूर्वाधारदेखि आतिथ्यता क्षेत्र, सीप विकास र हाम्रो भिसा प्रणालीमा समेत हामीले पर्यटन क्षेत्रलाई हाम्रो सुधारको केन्द्रबिन्दुको रूपमा राखेका छौं ।”

जी–२० को अध्यक्षताका क्रममा भारतले देशका विभिन्न १०० स्थानमा करिब २०० वटा बैठक आयोजना गरिरहेको छ ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, “यदि तपाईंले यी बैठकका लागि भारत भ्रमण गरिसक्नुभएका आफ्ना साथीहरूलाई सोध्नुभयो भने मलाई विश्वास छ कि कुनै पनि दुई अनुभव समान हुनेछैनन् ।”सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button