तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटनाका मृतक दुवैको पहिचान खुल्यो

File Photo

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ ठुलढुङ्गामा भएको पिकअप जीप दुर्घटनामा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । 

दुर्घटनामा परेर मृत्यु हुनेमा  जैमिनी नगरपालिका–१० राङ्गखानीका दुर्गा पौडेल र चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ मालढुङ्गाका राजेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

जुत्ता चप्पल विक्रीको लागि दुई दिन अघि गलकोट गएको ग१च ९४८५ नम्बरको जीप बुधबार बिहान बागलुङ बजार फर्किँदै गर्दा काठेखोला–५ मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा दुर्घटना भएको थियो । जीप लोकमार्गबाट झण्डै पाँच सय मिटर तल खसेको प्रनाउ केसीले बताउनुभयो ।

दुर्घटनाको कारण अझै खुलेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button