तपाईँ सुन्दै हुनुहुन्छः

एकै पटकमा २ सय ५० जनालाई चाइनिज खानाको स्वाद दिने चाइनिज गार्डेन रेष्टुरेन्ट पोखरामा 

पोखरा । एकै पटकको बसाइँमा २ सय ५० जना पाहुनालाई चाइनिज स्वादका खानाका परिकार दिने चाइनिज गार्डेन रेष्टुरेन्टले सञ्चालनमा आएको छ । रेष्टुरेण्टको सेवा विस्तार सहितको स्तरोउन्नती गर्न केही समय बन्द रहेको उक्त रेष्टुरेन्ट हालै पुनः सञ्चालनमा आएको हो । 

पोखरामा चाइनिज पर्यटकलाई आकर्षण गर्न आफ्नो सेवामा विस्तार सहित स्तरोउन्नती गरेको रेष्टुरेण्ट सञ्चालक एवं चाइनिज सेफ चाङ ज्याङ सङले बताए । उक्त रेष्टुरेण्टको स्तरोउन्नती गर्दा मात्र करिब २ करोड ५० लाख थप लगानी भएको उनले बताए । 

पोखरामा बिगत १५ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त रेष्टुरेन्टले चिनियाँ स्वादका विभिन्न परिकार पस्कँदै आइ रहेको छ भने विश्वका अधिकांशले रुचाएको चिनिया स्वादका खाना पोखरामा उपलब्ध गराउँदै आएको हो । चिनियाँ पर्यटकसँगै चिनियाँ राजदूत, चीनबाट आउने उच्च अधिकारीको रोजाइमा उक्त रेष्टुरेन्ट पर्ने गरेको चाङको दाबी छ ।

पछिल्लो समय नयाँ व्यवस्थापन तथा सेवा सुविधा समेत थप गरेर रेष्टुरेन्टले लगानी विस्तार गरेको सञ्चालक चाङले जनाए । उनले भने “हाइजेनिक खाना पस्कन हामीले खुल्ला किचन तयार गरेका छौँ, हरेक टेबलमा हटपट खानाको लागि ग्याँस समेत जडान गर्ने छौँ । ”

ग्राहकको सेवाका लागि ७० जना क्षमताको हलको सुविधासमेत रहेको चाङले बताए  ।  रेष्टुरेन्टमा सानो मिटिङका लागि भिआइपी हल समेत रहेको छ । उनले काठमाडौँको याक एण्ड यतिमा पनि सेफ भएर केही बर्ष काम गरेका थिए । कोभिडको समयमा चीनबाट स्वास्थ्य सामग्री ल्याउन तथा विभिन्न सामाजिक कार्यमा उनले भूमिका खेल्दै आएका छन् । ओभरसिज चाइनिज एसोसिएसन पोखराका अध्यक्ष समेत रहेका चाङले नेपाल र चाइना बिचको सम्बन्ध थप प्रगाढ पार्न भूमिका खेल्दै आएको पोखराका पर्यटन व्यवसायीहरूले बताएका छन् । स्थानीय उत्पादनलाई समेत प्राथमिकता दिने गरेको उनले बताए ।

   

प्रतिक्रिया राख्नुहोस्

Back to top button